२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

साफ महिला च्याम्पियनसिप : श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४ गोलको अग्रता



काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

अहिले काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले ४-० को अग्रता लिएको हो ।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । बिमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् । १३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । यस खेलमा ५ गोलको अन्तरले जित हासिल गरे नेपाल सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

यस प्रतियोगिताको समुह बी मा रहेको नेपाल समुह विजेता हुन ६ गोल अन्तरले जित हासिल गर्नुपर्ने छ भने सेमिफाइनलमा पुग्न कम्तिमा बराबरी खेले पुग्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ६ : ३० बजे

समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै

मुस्ताङको कोरला नाकाबाट भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको

रोल्पाको माडी गाउँपालिकामा जिप दुर्घटना, तीन जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता गाइड दावा शेर्पा सकुशल फेला

काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण