२० मंसिर २०८२, शनिबार | December 6, 2025

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी



काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको हो ।

आजको बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ । यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारको सय दिन पार गरेलगत्तै विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी थालेका छन् । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शमा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्दै आइरहेका छन् ।

कांग्रेस एमालेबीच गठबन्धनमा खटपट भएको विपक्षी दलहरुको दाबी गरेपनि सत्तापक्षले त्यसको खण्डन गरेको छ ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणलेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ५९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति