२८ आश्विन २०८३, बुधबार | October 14, 2026

बालुवाटारमा सत्तारुढ दलहरुको बैठक जारी



काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बैठक अहिले बसिरहेको छ । आजको बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको हो ।

आजको बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ । यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

सरकारको सय दिन पार गरेलगत्तै विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी थालेका छन् । विपक्षी दलहरुले प्रधानमन्त्री केपी शमा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्दै आइरहेका छन् ।

कांग्रेस एमालेबीच गठबन्धनमा खटपट भएको विपक्षी दलहरुको दाबी गरेपनि सत्तापक्षले त्यसको खण्डन गरेको छ ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणलेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : ५९ बजे

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम

साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी