३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा यही कात्तिक २ गते पार्टी सभापति लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा लगिएको थियो । कास्की जिल्ल अदालतले पहिलो पटक अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार फेरि ७ दिनको समय थप भएको छ ।

६ दिनसम्म पोखरामा प्रदर्शन गरेको रास्वपाले हिजोबाट काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ । रास्वपाले हिजो काठमाडौंमा भएको प्रदर्शनको समेत आजको केन्द्रीय समिति बैठकमा समीक्षा गर्नेछ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  १० : २० बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ