१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

तिहारको बजार : नेपालमा सुनसान,भारतीय बजारमा ठेलमठेल; कारण यस्तो छ



नेपालगन्ज । नेपाली हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार नजिकिएसँगै उपभोक्ताहरुको किनमेल सुरु भएको छ । तिहारको किनमेलमा नेपाली उपभोक्ताहरुको रोजाई नेपाल भन्दा सीमा पारीको बजार हुने गरेको छ । तिहारको निमेलका लागि सीमापारी भारतिय रुपैडीहा बजार ग्राहकले खचाखच भरिएको छ ।

औद्योगिक ब्यापार मेलामा नामचलेको कलाकार आउँदाको भीड भन्दा ठेलमठेल भीड तिहारको किनमेलका लागि रुपैडिहा बजारमा देखिएको छ । सरकारको गलत भन्सारदर, भन्सार प्रशासनको उदासिनता र नेपाली ब्यवसायीको बढी नाफा खाने प्रबृत्तिका कारण उपभोक्ताहरुले भारतिय बजार रोजेको रुपैडीहामा भेटिएका उपभोक्ताहरुले बताएका छन् ।

भन्सार तिरेरै लैजान्छु भन्दा पनि अचाक्ली महङ्गो भन्सारदर भएकाले रुपैडीहामा सामान खरिद गर्नु बाध्यता रहेको रुपैडीहामा भेटिएका एक सरकारी कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । भन्सारदर महङ्गो भएकै कारण नेपालमा उपभोग्य सामानको मूल्य बढी पर्ने भएको र त्यसको फाइदा सिमापारीको बजारलाई पुगेको उनले बताए ।

सुर्खेतबाट तिहारको किनमेल गर्न रुपैडीहा पुगेकी सुन्दरी रोकायाले नेपालगन्जमा भन्दा आधा मूल्यमा सस्तो हुने गरेकाले रुपैडीहामा सामन किन्न गएको बताइन् । उनले हरेक पटक नेपालगन्ज आउँदा २०-२५ हजारको सामान रुपैडीहाबाट लैजाने गरेको बताइन् । आफुलाई नेपाली भन्सारमा अहिले सम्म कुनै रोकतोक नगरेको बताउने उनले प्रहरीले भने कहिलेकाहीँ सोधपुछ सम्म गर्नेगरेको बताइन् ।

भारतिय बजार किनमेल गर्न जाने चाहना नभएपनि नेपालगन्जको बजारमा दैनिक उपभोग्य सामान अचाक्ली महङ्गो परेपछि बाध्यभएर भारत आउनुपरेको यातायात ब्यवसायी शोभाकर पौडेलले बताए । रामदूत स्टोर्स अगाडी आलु प्याज, चिनी लगायतको सामान मोटरसाईकलमा लोड गर्दै गरेका उनले भारतिय प्रहरीको अपमान, ब्यवसायीको रुखो ब्यवहार र ठेलमठेल सडक भएर पनि भारतिय बजारमा नेपालीहरु आउनु गलत भएको उनले बताए । भन्सारदर घटाएर नेपाली ब्यवसायीलाई भारतिय बजारको तुलनात्मक प्रतिस्पर्धा गर्न सक्ने नीति सरकारले बनाउनु पर्ने उनको भनाई छ ।

नेपालमा खाद्यान्ह उत्पादनमा नेतृत्वदायि भूमिकामा रहेको केएल दुगड ग्रुपका निर्देशक प्रदीप छाजेडले बहुदरको मूल्यअभिबृद्दी कर (भ्याट) लागु गरेर अतिआवश्यक बस्तुहरुमा भ्याट कम गरेमात्र उपभोक्ताहरुलाई नेपालमा रोक्न सकिने बताउँछन् । भारतमा मैदा लगायतको वस्तुहरुमा भ्याट छुट देखि ५ प्रतिशत सम्म मात्र भ्याट लाग्ने गरेपनि नेपालमा १३ प्रतिशत भ्याट असुलि गर्दा स्वतः मूल्य बढी हुने गरेको उनले बताए । आर्थिक बिज्ञ छाजेडले अर्थतन्त्र कमजोर भएको मुलुकमा आफ्नो परिवार पाल्नकै लागि पनि केही सस्तो मूल्य खोजेर भारत सामान किन्न जानु स्वाभाविक मान्नु पर्ने बताउँदै भन्सार र कर असुलेर अर्थतन्त्र चलाउने सरकारी नीति नफेरिएसम्म समस्या रहिरहने बताए । नेपाल सरकारले जनताबाट असुलिरहेको भ्याटदरकै आसपासमा भारतिय बजारमा बढी मूल्य रहेको जनाउँदै उनले भ्याटको दर कम गरिदिए नेपाली ब्यवसायीले भारतिय बजारको मूल्यमा बिक्री गर्न सक्ने उल्लेख गरे ।

सरकारको गलत नीतिका कारण नेपालगन्ज नाकाबाट मात्र हरेक दिन सरदर २ लेखि ३५ करोड सम्मको सामान बिना भन्सार नेपाल भित्रने गरेको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले बताए । चाडपर्वमा ३५ करोडको हाराहारीमा र अन्यबेला २० करोडको आसपासमा भन्सारको मूलबाटो हुँदै बिना भन्सार नेपाल भित्रने धामीको दाबी छ । उच्च भन्सार दर र कमजोर भन्सार प्रशासनका कारण सरकारले हरेक दिन ठुलो परिमाणमा राजश्व गुमाएको बताउँदै उनले भन्सार दर बैज्ञानिक बनाएर ब्यवसायीलाई भारतिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन जरुरी रहेको बताए । ‘नेपाललाई जिएसटी छुट र्छदैछ, भन्सार र भ्याट घटाए सजिलै नेपालको बजारमा भारतिय बजार बराबरको रेटमा मूल्य कायम हुन सक्दछ ।’ उनले भने ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १२ : ०० बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने