७ चैत्र २०८२, शनिबार | March 21, 2026

सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ घाइते



दाङ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक आज बेलुकी करिब ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

घाइते भएका सबैलाई अहिले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागेको प्रहरीले जनाएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको थियो । साँघुरो बाटो भएकाले मिनी ट्रक दुर्घटनामा परेको देखिए कसरी दुर्घटना भयो भन्ने कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ५४ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा