१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बालुवाटारमा रास्वपाको प्रदर्शन

स्वर्णिम वाग्लेले गरे प्रश्न - धनराज, ऋषिकेश र राष्ट्रपतिका सल्लाहकारलाई किन उन्मुक्ति ?



 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ।

आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । सभापति लामिछाने सहकारी अपचलन, संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

रास्वपाले मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि ५१ जना प्रदर्शनकारीहरु पक्राउ समेत परेका छन् । उनीहरुलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग र महाराजगन्जमा राखिएको छ।

प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि रास्वपाले भाटभटेनी आसपासमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टी सभापतिमाथि प्रतिशोध साँधेर सरकारले पक्राउ गरेको आरोप लगाउँदै सहकारीको अबौं रकम ठग्ने एमाले कांग्रेसका नेताहरुलाई कुनै कारवाही नगरेकोमा रोष प्रकट गरे । उनले भने, ‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन । राजनीतिक प्रतिशोध अस्वीकार्य छ ।’

वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल सक्ने उद्देश्य राखेको समेत आरोप लगाए । उनले स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : १९ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने