२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बालुवाटारमा रास्वपाको प्रदर्शन

स्वर्णिम वाग्लेले गरे प्रश्न - धनराज, ऋषिकेश र राष्ट्रपतिका सल्लाहकारलाई किन उन्मुक्ति ?



 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेको छ।

आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । सभापति लामिछाने सहकारी अपचलन, संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

रास्वपाले मंगलबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि ५१ जना प्रदर्शनकारीहरु पक्राउ समेत परेका छन् । उनीहरुलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग र महाराजगन्जमा राखिएको छ।

प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि रास्वपाले भाटभटेनी आसपासमा प्रदर्शन गरिरहेको छ । प्रदर्शनलाई सम्बोधन गर्दै उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले आफ्ना पार्टी सभापतिमाथि प्रतिशोध साँधेर सरकारले पक्राउ गरेको आरोप लगाउँदै सहकारीको अबौं रकम ठग्ने एमाले कांग्रेसका नेताहरुलाई कुनै कारवाही नगरेकोमा रोष प्रकट गरे । उनले भने, ‘धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई उन्मुक्ति दिने । जीबी राईको सल्लाहकार राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई उन्मुक्ति दिने रविलाई हिरासतमा राख्ने ठिक छैन । राजनीतिक प्रतिशोध अस्वीकार्य छ ।’

वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल सक्ने उद्देश्य राखेको समेत आरोप लगाए । उनले स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : १९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर