४ श्रावण २०८३, सोमबार | July 20, 2026

जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।”

सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गरे । चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : १९ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री