१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

साफ महिला च्याम्यिनसिपको टिकट काट्न बिहानैदेखि लाइनमा दर्शक



काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत फाईनल प्रतिस्पर्धा हेर्नका लागि टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले जावलाखेल चोकबाट बिहान ८ बजेदेखि टिकट बिक्री सुरु गरेको भएपनि टिकटकालागि बिहान ६ बजेदेखि नै टिकट काट्नेहरु लाइनमा बसेका थिए ।

एन्फाले फाइनलका लागि जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री हुने जनाउको थियो ।

एन्फाले यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको भएपनि सुरक्षाको कारण देखाउँदै एन्फाले ११ हजार थान टिकट मात्र बिक्री गर्ने जनाएको छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले बताए । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

एयसपटक टिकट खरिद गर्दा एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् ।

नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने भएका छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  १० : ०७ बजे

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३

देउवा-शेखर समूहको जिल्ला सभापतिहरूको भेला स्थगित

काठमाडौं । समानान्तर गतिबिधिमा सक्रिय नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने