१८ असार २०८३, बिहिबार | July 2, 2026

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबर



काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । नेपाली रक्षक गीता राना डिफेन्ड प्रहारमा चिप्लिदा उनको प्रहार सटिक हुन सकेको थिएन । सोही बललाई नियन्त्रणमा लिँदै बंगलादेशी कप्तान सविना खातुनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा सविनाले पुनः हेडर गरे पनि त्यसलाई नेपाली गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले सहजै नियन्त्रणमा लिँदै खतरा टारिन् ।

१० औँ मिनेटमा नेपालले गोलको अवसर सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले लेफ्ट साइडबाट निकालेको पासलाई नियन्त्रणमा लिँदै १८ यार्ड बक्सबाहिरबाट अमिषा कार्कीले सुन्दर प्रहार गरे पनि बारमा लागेर फर्किँदा नेपालले अग्रता बनाउन सकेन ।

प्रतियोगितामा नेपाल लगातार तेस्रो पटक र बंगलादेश लगातार दोस्रो पटक फाइनल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ७ : ३० बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले