१९ बैशाख २०८३, शनिबार | May 2, 2026

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन् ।

‘पर्वत चन्द्रागिरि समाज’द्वारा दिपावली, नेपाल संवत र छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गृहमन्त्री लेखकले चाडपर्वले परिवार र समाजलाई जोड्ने काम गरेको उल्लेख गरे ।

“कामका कारण मानिस टाढा टाढा हुनुपर्छ, चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो । चाडपर्वले मानिसलाई नजिक ल्याउँछ । यसको समाजिकसँगै मानवीय पनि महत्व छ”, उनले भने।

एउटा परिस्कृत समाज निर्माणका लागि चाडपर्व जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले चाडपर्वको अवसरमा जमघट र भेलामा उपस्थित हुने कुराको आफैंमा ठूलो महत्व रहेको बताए । “हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गर्नुभएको हो”, उनले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ७ : ३६ बजे

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

म्याग्दी । म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि,

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,