३० कार्तिक २०८२, आइतबार | November 17, 2025

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री



म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४० भेडा/च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दसैँ पर्वका लागि आठ हजार भेडाच्याङग्रा बिक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ्य भेडाच्याङग्रा मात्र बजार पठाउने गरिएको छ ।

दसैँ र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङग्रा बजारमा बिक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दसैँ तिहारमा भेडाच्याङग्राको व्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भने, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङग्रा बिक्री गरेका छन् ।”

जडिबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरुबाट खरिद गरेका छन् ।

गत वर्ष काठमाडौ पोखरामा प्रतिगोटा ५५ हजार रुपैयाँसम्म परेको च्याङग्राको मूल्य यसपाली ४५ हजारभन्दा कम मूल्यमा बिक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङग्रा महँगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान ब्यहोरेको गुनासो गरेका थिए । रासस

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ८ : ३१ बजे

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ

बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा

नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक (मस्यौदासहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित

एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ गृहमन्त्रालयद्वारा स्वीकृत

काठमाडौँ । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य

फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित पौडेललाई दियो पूर्ण छात्रवृत्ति

काठमाडौ । फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट कप्तान रोहित