११ श्रावण २०८३, सोमबार | July 27, 2026

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा


१७ कार्तिक २०८१, शनिबार  

26
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको र नगरपालिकाको ५०र५० प्रतिशत अनुदानमा गरी रु छ करोड ८० हजार चार सय १४ मा ठेक्का प्रक्रिया मार्फत खानेपानी आयोजना निर्माण अगाडि बढाइएको छ ।

आयोजना निर्माणको ठेक्का सम्झौता विसं २०८० वैशाख २७ गते भएकोमा निर्माण विसं २०८१ असार १८ गते भित्र गरिसक्नु पर्ने थियो । निर्माण निर्धारित समय भित्रै गर्न नसकिए पछि म्याद थप गरी कार्य भइरहेको छ । नगरपालिकाको भौतिक पूर्वाधार शाखाका प्रमुख दीपक धामीका अनुसार खानेपानी आयोजनका लागि बोरिङ ड्रिल गर्ने कार्य पुरा भई दुई सय २५ घनमिटरको टङ्की निर्माण अन्तिम चरणमा पुगेको छ ।

डेढ तले कार्यालय भवन र पर्खाल निर्माणको कार्य पुरा भई रङ रोगन,विद्युत् जडानको कार्य भइरहेको छ । उपभोक्ताको घर घर सम्म खानेपानी पुर्‍याउनका लागि २२ दशमलव ९७ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य पुरा भएको शाखा प्रमुख धामीले बताए । एक सय ६१ मिटर ट्रान्समिसन पाइपलाइन बिछ्याउने कार्य पुरा भएको छ । ठेक्का सम्झौता अनुसार पाँच सय ८५ उपभोक्ताको घरसम्म पाइपलाइन जडानदेखि धाराको टुटी जडान गर्ने योजना रहेको छ ।

वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुर लगायतका गाउँका बासिन्दाको घर घर सम्म खानेपानी पुर्‍याउने लक्ष्य राखिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १२ : ४८ बजे

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी