६ पुस २०८२, आइतबार | December 21, 2025

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने



काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवलमा ल्याउने तयारी गरिएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन कास्की प्रहरीलाई पत्र पठाएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठौरका अनुसार बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन कास्कीमा पत्राचार गरिएको छ । चाडपर्वको बिदा रहेकाले सार्वजनिक बिदा सकिए लगत्तै रुपन्देही झिकाएर बयान लिइने एसपी राठौरले बताए । पक्राउ पुर्जी जारी भए लगत्तै कास्कीलाई पत्राचार गरिएको जनाउँदै उनले अनुसन्धानमा रहेका सबैलाई रुपन्देही झिकाइने र फरारको खोजि पनि जारी रहने बताए ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको सम्बन्धमा प्रहरीको अनुसन्धान जारी छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएको र सो रकम गोरखा मिडिया नेटवर्क प्रा।लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ । सोही प्रकरणमा २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : २१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको