१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने



काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवलमा ल्याउने तयारी गरिएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन कास्की प्रहरीलाई पत्र पठाएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख रञ्जित सिंह राठौरका अनुसार बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई रुपन्देहीमा उपस्थित गराउन कास्कीमा पत्राचार गरिएको छ । चाडपर्वको बिदा रहेकाले सार्वजनिक बिदा सकिए लगत्तै रुपन्देही झिकाएर बयान लिइने एसपी राठौरले बताए । पक्राउ पुर्जी जारी भए लगत्तै कास्कीलाई पत्राचार गरिएको जनाउँदै उनले अनुसन्धानमा रहेका सबैलाई रुपन्देही झिकाइने र फरारको खोजि पनि जारी रहने बताए ।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको सम्बन्धमा प्रहरीको अनुसन्धान जारी छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएको र सो रकम गोरखा मिडिया नेटवर्क प्रा।लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ । सोही प्रकरणमा २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई र पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ७ : २१ बजे

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा उकालो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिएको सम्बोधनपछि विश्वव्यापी तेलको

प्रतिनिधिसभाको पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री गुरुङ

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका