१९ बैशाख २०८३, शनिबार | May 2, 2026

सडक दुर्घटनामा युवाको मृत्यु भएपछि भेरी अस्पतालअगाडी स्थानीयले गरे टायर बालेर प्रदर्शन



नेपालगन्ज  । नेपालगन्जमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएपछी उनका आफन्त र स्थानीयले भेरी अस्पतालअगाडी टायर बालेर सडक अवरुद्ध गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-४ बसपार्क बाइपास रोड नजिक भे ६ प ८०२ नं र ज ३ प ७१७१ नंम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा नेपालगन्ज-६ का २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको थियो भने नेपालगन्जकै एहसान शेष घाइते भएका थिए ।

घाइते एहसान शेष भेरी अस्पतालबाट सम्पर्कविहीन भएपछि मृतकका आफन्त र स्थानीयले तत्काल समात्न माग राख्दै टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।

घाइते शेष भेरी अस्पताल पुगेका थिए । चिकित्सकले सिटी स्क्यान गर्न पठाएका थिए । सिटी स्क्यान गर्न बाहिर निस्केका शेष सम्पर्कविहीन भएका थिए । केहीले उनी भारतमा उपचार गर्न गएको बताएका छन् ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शेषलाई खोजेर ल्याउने प्रतिबद्धता गरेपछि टायर बाल्न बन्द गरिएको छ । पीडित पक्षले शेषलाई नल्याउँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार  ४ : ५९ बजे

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन

सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-८ कालीगण्डकी

बुद्ध जयन्तीमा मायादेवी मन्दिर परिसरमा रुद्र गणको सक्रिय सहभागिता

बुटवल । बुद्ध जयन्ती को अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित

सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सुरक्षित,

मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को