२३ चैत्र २०८२, सोमबार | April 6, 2026

त्रिवि पत्रकारिता विभागलाई १४१ वर्ष पुरानो मुद्रणयन्त्र हस्तान्तरण



मोरङ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गरेका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ ।

विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गरेकी हुन् । पूर्वराज्यमन्त्री घिमिरेले २०१५ को आम निर्वाचनमा पर्चा, ‘पोस्टर’ छाप्न भारतको कोलकाताबाट खरिद गरी विराटनगरको रङ्गेली रोडमा पायोनियर प्रिन्टि¬ङ प्रेस २०१४ स्थापना गरेको वरिष्ठ पत्रकार मोहन भण्डारीले बताए ।

त्यस अवसरमा आमसञ्चार विभाग प्रमुख अर्यालले यन्त्रका माध्यमबाट छापाखानाको इतिहासबारे ज्ञान प्राप्त गर्न विद्यार्थी तथा शोधकर्तालाई सहयोग पुग्ने बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले उक्त यन्त्र छापा पत्रकारिताको जीवन्त इतिहास झल्काएको बताए ।

मावअधिकारीकर्मी सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, प्राध्यापक कृष्ण पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख रामअवतार शरण, दिनेश श्रेष्ठलगायतले मुलुकको प्रमुख व्यापारिक केन्द्रमध्येको एक विराटनगरमा छापाखानाको विकासक्रमका साथै जटिल समयमा पर्चा, समाचारलगायत पाठ्यसामग्री छापेर छापा पत्रकारिताको विकासमा योगदान गरेको चर्चा गरे ।

राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवं न्यू सृष्टी दैनिकका प्रधान सम्पादक शङ्कर खरेलको पहलमा उक्त मुद्रणयन्त्र विश्वविद्यालयले प्राप्त गरेको आमसञ्चार विभागका प्रमुख अर्यालले सोही अवसरमा जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  २ : २३ बजे

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी