१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

अस्पताल पुगेर घाईतेहरुलाई मुख्यमन्त्रीको आश्वासन – ‘उपचारमा कुनै कमी हुन दिने छैनौं’



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्यवस्था बारे जानकारी लिएका छन् । बुटवल स्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिएका हुन् ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते बिरामीहरुसंग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिए । सो क्रममा मुख्यमन्त्री आचाईले घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका थिए । ‘घाईतेहरुको उपचारमा कुनै कमी नहोस । सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’, चिकित्सकहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’

दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाईते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ०० बजे

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय

अध्यागमन सुधारका प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल