१८ माघ २०८२, आइतबार | February 2, 2026

काठमाडौं प्रहरीको आग्रहमा बुटवलबाट निलकण्ठ डुम्रे पक्राउ



बुटवल । ठगी अभियोगमा काठमाडौमा पक्राउ पुर्जी जारी भएका निलकण्ठ डुम्रेलाई बुटवल प्रहरीले पक्राृ गरेर काठमाडौं पठाएको छ । सैनामैना स्थायी बसोबार गर्दै आएका डुम्रेलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठगी आरोपमा काठमाडौं जिल्ला अदालतको अनुमतिले पक्राउ पुर्जी जारी भएका डुम्रेलाई काठमाडोंबाट पक्राउ गरेर पठाउन पत्र आएको आधारमा बसपार्क क्षेत्रमा फेला पारी पक्राउ गरि पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डीतले बताए । उनले कुन बिषयको ठगी भन्ने भने खुलाएनन् । ठगी कसुरमा फत्राउको पत्र आए अनुसार डुम्रेलाई बसपार्कमा फेला परेपछि पक्राउ गरिएको हो, घटनाको विवरण भने पत्रमा काठमाडौंलाई नै थाहा होला । उनले भने ।

पक्राउ परेका डुम्रेलाई आजै काठमाडौं पठाइने उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार बैदेशीक रोजगारीमा पठाइदिन्छु भन्दै बिभिन्न ब्यक्तिहरुबाट पैसा उठाएर ठगी गरेको उजुरीका आधारमा डुम्रे विरुद्ध ठगी अभियोगमा मुद्दा परेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : २६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन