१४ भदौ २०८३, आइतबार | August 31, 2026

साझा बन्दै छठ पर्व



काठमाडौं । अछामकी सकुन्तला भण्डारी दसैँतिहार जत्तिकै महत्व र उत्साहका साथ छठ मनाउँछिन् । विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्वको विधि हुबहु नआए पनि उनी तराई निवासी सखीसँग सिक्दै छिन् ।

गत वर्षझैँ, उनले यो वर्ष पनि छठमा व्रत बस्न लागेकी हुन् । “सुरुको वर्ष केही आउँदैन थियो, साथीले सामान किन्न सघाउँदा सजिलो भयो । अहिले पनि उसैले साथ दिएकी छे”, उनले भनिन् । तराईमा मनाइने छठ पर्व पछिल्ला केही वर्षयता सबै समुदायको साझा बन्दै गएको छ ।

बानेश्वर घर भएकी जमुना तन्डुकार छठ पर्व रमाइलोका लागि मात्रै नभई धार्मिक र स्वास्थ्यका हिसाबले सही भएको बताउँछिन् । सूर्यको पूजा गर्ने संस्कृतिले छठ पर्वप्रति उनी विशेष आकर्षित भएकी हुन् । त्यसैले विगत तीन वर्षदेखि निरन्तर छठ मनाउने गरेको उनले सुनाइन् । अहिले घरका सबैले छठमा व्रत बस्न थालेको उनले बताइन् । “पर्व जुन समुदायले मनाउने भए पनि राम्रो कुराको सबैले अनुशरण गर्नुपर्छ”, उनले भनिन्, “प्रकृति पूजा आराधना गरिने छठ पर्व सबैले मनाउनुपर्छ भन्ने लाग्यो र मनाउन थालेँ ।”

ललितपुरकी मायादेवी थापाले छठ पूजा गर्ने सामग्री माटोबाट बनाइएको कलश, दियो, हात्ती तथा बाँसको चोयाबाट बुनिएका नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीजस्ता परम्परागत भाँडाकुँडा किनेर छठको समापन गर्ने तयारीमा छिन् । सर्लाही घर भएकी थापाकी सङ्गिनी मनिषा साहले छठका सामग्री जुटाउन सघाइन् । पर्व मनाउने प्रक्रियामा थापासँग एकआपसबीच आत्मीयता र मित्रवत् सम्बन्ध विस्तार भएको उनले बताइन् । “मैले उहाँलाई पूजा गर्न सहयोग गर्दागर्दै धेरै मिल्ने भएछौँ”, साहले भनिन्, “पर्वको रमाइलो सँगै मिल्ने साथी बनेकामा खुसी छौँ ।”

काठमाडौँ उपत्यकाकाभित्रका विभिन्न नदी यतिबेला झिलीमिली पारिएका छन् । छठ पर्व मनाउन महानगरपालिकाले नदी सफाइ र पालको व्यवस्था गरेको छ । आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व उत्साह र भक्तिभावका साथ मनाइन्छ ।

संस्कृतविद् धीरेन्द्र प्रेमर्षीका अनुसार छठ पर्वको परम्परागत परिकल्पना नै समाजको साझा पर्व बनाउनु हो । जसरी सूर्यको प्रकाश प्रत्येक वनस्पति, जीव, व्यक्ति वा प्राणीलाई समान उपलब्ध भए जस्तै यसमा छठ हरेक समुदायको समान पर्व रहेको उनले बताए ।

छठ पर्वले कुनै पनि जात र समुदायमाथि विभेद नगर्ने उनको भनाइ छ । पछिल्लो समय मान्छेहरु रोजगार, शिक्षा र सुविधाको खोजीमा छरिन थाले । जसले गर्दा छठ पर्व मनाउनेहरुको क्षेत्र विस्तार हुँदै गएको प्रेमर्षीले बताए । उनले भने, “छठ पर्व प्रकृतिको पूजा हो, त्यसैले यो सबैको साझा बन्दै गएको छ ।”

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ९ : ४१ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति