३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव हुँदै, ११ बजे शोभा कलशयात्रा



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आयोजना हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सवको पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट आज शोभा कलशयात्रा निकालिने भएको छ । बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहितको शोभा कलशयात्रा हुने भएको हो ।

शोभा कलश यात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका प्रचार–प्रसार संयोजक हेमन्त कर्माचार्यले बताए । जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रा सुरु हुने उनले जानकारी दिए ।

कर्माचार्यका अनुसार कलशयात्रा समापनसँगै महोत्सव उद्घाटन गरिने छ । महोत्सवमा संगीतमय कथा वाचनका लागि वाचन शिरोभणनी पं दीनमन्धु पोखरेल नेपालगन्ज आइसकेका छन् भने आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव हुन लागेको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

महोत्सव अवधिको हरेक दिन उबिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले बताए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ९ : ५० बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै