१६ माघ २०८२, शुक्रबार | January 30, 2026

नेपालगन्जमा आजबाट वैकुण्ठधाम आध्यात्मिक महोत्सव हुँदै, ११ बजे शोभा कलशयात्रा



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा आयोजना हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सवको पहिलोदिन महोत्सवस्थल रामलिला मैदानबाट आज शोभा कलशयात्रा निकालिने भएको छ । बिहान ११ बजे महोत्सव स्थल रामलिला मैदानबाट झाँकी सहितको शोभा कलशयात्रा हुने भएको हो ।

शोभा कलश यात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुदै त्रिभुवन चोक, रानी तलाउ हुदै पुनः रामलिला मैदानमा पुगेर समापन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका प्रचार–प्रसार संयोजक हेमन्त कर्माचार्यले बताए । जाती, भाषा, धर्म र सम्प्रदायको झाँकी सहितको कलशयात्रा सुरु हुने उनले जानकारी दिए ।

कर्माचार्यका अनुसार कलशयात्रा समापनसँगै महोत्सव उद्घाटन गरिने छ । महोत्सवमा संगीतमय कथा वाचनका लागि वाचन शिरोभणनी पं दीनमन्धु पोखरेल नेपालगन्ज आइसकेका छन् भने आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव हुन लागेको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

महोत्सव अवधिको हरेक दिन उबिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ७ बजेदेखि १० बजेसम्म पूजाअर्चना र पाठपारायण, ११ बजेदेखि ४ः३० बजेसम्म झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, ४ः३० बजे आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले बताए । उनका अनुसार महोत्सवका बीच इच्छुक श्रद्धालु भक्तजनबाट ब्रतबन्ध, लाखबत्ती प्रज्ज्वलन, तुलादान, भूमिदान, गौदान, चौरासीपूजा गर्न गराउन सक्नेछन् ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ९ : ५० बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता