१७ मंसिर २०८१, सोमबार | December 3, 2024

वैकुण्ठधाम आध्यात्मिक महोत्सव : कथा प्रवचनको अन्तिम दिन ७० लाख बढी संकलन

शुक्रबार पनि समापन सहित आध्यात्मिक संगीतमय प्रवचन हुने



नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन ७० लाख बढी आर्थिक संकलन भएको छ । शुक्रबार समापन सहित आध्यात्मिक प्रवचन जारी राखिने भएपनि दाताहरुले आजै ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोली (शुक्रबार)पनि जारी रहने जनाएको छ ।

कथा वाचनको सातौं दिन भूमीदान सहित ७० लाख बढी दान संकलन भएको महोत्सव आयोजक समितिको आर्थिक उपसिमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । दानकर्ताहरुले भोलिपनि दान गर्नसक्नेगरि व्यवस्था गरिएको उनले बताए । आजको कथावाचनका बीच सरोज चौधरी र अजितकुमार शर्माले १०-१० लाख दान गरेका छन् । आजै आर्थिक संयोजक कृष्ण प्रसाद श्रेष्ठबाट ५ लाख ११ हजार १११, अशोक श्रेष्ठबाट ५ लाख, टोपबहादुर थापाबाट १ लाख ५१ हजार प्रदान वैकुण्ठधाम निर्माणका लागि दान गरेका छन् ।

त्यसैगरि वरिष्ठ अधिवक्ता ध्रुव बस्यालबाट १ लाख २१ हजार १२१, फत्तेबाल आँखा अस्पतालका प्रमुख डा कौशलकुमार वर्माबाट १ लाख २१ हजार, सुमन÷सीमा गौतमबाट १ लाख ११ हजार १११, आदर्श माद्यामीक विद्यालयबाट १ लाख ११ हजार १११, भ्यू सिद्धार्थ होटल नेपालगन्जबाट १ लाख ११ हजार १११, पानश फर्मासिटिकलबाट १ लाख ११ हजार दान प्राप्त भएको आयोजकले जनाएको छ् ।

सुरेन्द्रकुमार कुर्मीबाट ६१ हजार ५५५ प्रदान भएको छ भने वैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि ५५ हजार ५५५ रुपैयाँ दान गर्नेहरुमा ई. तिर्थप्रसाद श्रेष्ठ÷मिठु श्रेष्ठ, मिना÷मुकुट ढकाल, कुलराज राजभण्डारी, बिनमकुमार शर्मा रहेका छन् । विजय गुप्ताबाट ५५ हजार ५५५, विनयकुमार शर्माबाट ५५ हजार ५५५ प्रदान गरेका छन् ।

त्यस्तै डा. जीराज शाक्यबाट ५२ हजार, विष्णुप्रसाद श्रेष्ठ÷सरिता श्रेष्ठबाट ५१ हजार ५५५ दान गरेका छन् । ५१ हजार १११ दान गर्नेहरुमा सुरेन्द्रकुमार शर्मा र बुद्धि प्रसाद अधिकारी रहेका छन् । यज्ञबहादुर शाक्य÷रत्ना श्रेष्ठबाट ५१ हजार १०५ प्रदान गरेका छन् ।

महायज्ञमा ५१ हजार दान गर्नेहरमा सिखा एकेडेमी कोहलपुर, नेपालगन्ज बार एशोसियसन, तिरुपति बालाजी मन्दिर व्यवस्थापन समिति तथा आमा समुह, जयबहादुर खत्री, अनिता टिबडेवाल, रामचन्द्र गोयल, कैलासचन्द्र शर्मा र मारवाडी युवा मञ्च रहेका छन् ।

आजै हुलाकी सडक निर्देशनालय, नेपालगन्ज योजना कार्यालयबाट ३७ हजार ३३१ रुपैयाँ, ब्राम्हण समाज नेपालगन्जबाट २८ हजार १०५ प्रदान भएको छ ।

आजको कथा वाचनका क्रममा बालबालिकाले पनि दान गरेका छन् । महायज्ञमा आएका ४ वर्षिय देवांस श्रेष्ठबाट ११ हजार १११, ४ वर्षिय आरभ र ९ वर्षिया आर्य श्रेष्ठबाट ११ हजार १११, आध्या श्रेष्ठबाट १११ हजार १११ दान प्राप्त भएको आयोजकले जनाएको छ । आज २५ हजार बराबरको दान गर्नेहरु एकसय बढी दाताहरु रहेका थिए भने शिलालेखमा नाम लेखाउन ११ हजार बढी जम्मा गर्ने ५ सय बढी दाताहरु यज्ञस्थलमा आएको आर्थिक संयोजक श्रेष्ठले बताए ।

बाँकेमा कार्यरत सरकारी कार्यालय तथा कर्मचारीहरुका तर्फबाट शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको नेतृत्वमा दान गर्न आउने प्रतिबद्धता प्राप्त भएको महोत्सवको सरकारी निकाय समन्वय उपसमितिका संयोजक तथा कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोबिन्द प्रसाद पाण्डेले जानकारी दिए ।

आजको कथावाचनमा भूमीदान पनि भएको आर्थिक समितिका संयोजक श्रेष्ठले बताए । नेपालगन्ज १८ का वडा अध्यक्ष दिपक वर्माबाट २६ धुर जग्गा वैकुण्ठधामलाई दान गरेको श्रेष्ठले बताए । वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलबाट संगीतमय भागवत वाचन श्रवणगर्न आजपनि महायज्ञमा नेपालगन्ज र त्यस आसपासका क्षेत्रबाट दर्शनार्थी श्रोताहरुको उल्लेख्य उपस्थिती रहेको थियो

वाचन शिरोमणी पण्डित पोखरेलको प्रमुख वाचनमा जारी आध्यात्मिक महोत्सवको छैटौंैदिनमा पनि महोत्सवमा संगीतमय कलाकार टोलीबाट आलाङ्कारिक नाट्य प्रदर्शन गरेका थिए । भागवत कथामा आधारित नाट्य मञ्चनलाई सहभागीबाट अभिरुचिपूर्वक श्रवण गरेका थिए । नेपाली, भोजपुरी, हिन्दी, अवधी भाषामा भजन प्रस्तुत गर्दा श्रोताहरुले नाचेर कलाकारहरुलाई साथ दिएका थिए ।

आयोजक समितिबाट २५ हजारको दान रकमबाट घटाएर ११ हजार बढी दान गर्नेहरुको नाम शिलालेखमा राख्ने निर्णय भएसँगै आजपनि शिलालेखमा नाम लेखाउन भन्दै ठुलो संख्यामा ११ हजार बढीको दान गर्न दाताहरु महोत्सवस्थल पुगेका थिए । यसअघि ११ हजार भन्दा कम दान गरेको भक्तजनबाट पनि थप रकम दान गरेर शिलालेखमा नाम दर्ज गर्न आएको आयोजकले जनाएको छ ।

सिधनियाघाटमा दाहसँस्कार गर्ने घाटसहितको संरचना निर्माण गर्ने उद्देश्यका साथ आध्यात्मिक महोत्सव सुरु भएको हो । उक्त आध्यात्मिक महोत्सव कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सव सञ्चालनका क्रममा हरेक दिन दाताहरुबाट प्राप्त भएको दानलाई सार्वजनिक गरिने मुल समितिका कोषाध्यक्ष श्रेष्ठले बताए । उनले वैकुण्ठधाम निर्माणका लागि दान गर्न चाहनेहरुका लागि महोत्सवस्थलमा क्युआर, नगदी रसिद र बैंक खाता उपलब्ध गराइएको बताए ।

महोत्सव अवधिको हरेक दिन बिहान ५ बजेदेखि ६ः३० बजेसम्म योगा, ८ बजेबाट १० बजेसम्म पूजाअर्चना र पाठपारायण, १ बजेदेखि झाँकीसहित सङ्गीतमय भागवत कथा प्रवचन, त्यसलगत्तै आरती र पुष्पाञ्जली, ७ः१५ देखि ९ बजेसम्म भजन कीर्तनसहितको श्रीमद्भागवत महात्म्य वाचन हुने मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले जानकारी दिए ।

भोलि शुक्रबार पनि आध्यात्मिक प्रवचन जारी रहने उल्लेख गर्दै मूल समितिका महासचिव श्रीराम सिग्देलले बिहान ११ः०० बजे तिलार्पण , दिउँसो २ः०० बजे देखि ४ः०० बजेसम्म भागवत सार र बेलुका ६ः०० बजे लाख बत्ती प्रज्वलन हुने जानकारी दिए ।

महोत्सवबाट संकलन भएको रकमबाट बाँकेको डुडुवा ५ सिधनियाघाटमा आधुनिक सुबिधासम्पन्न दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने आयोजकको लक्ष्य रहेको छ । धामलाई स्तरउन्नती गर्दै विद्युतिय दाहसंस्कार समेत निर्माण गर्ने योजना रहेको संयोजक कानोडियाले बताए ।

 

 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : १३ बजे

भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको साधारणसभा सम्पन्न

बुटवल । बुटवल-४ मा अवस्थित भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिको २३

किर्तिपुरमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान

सरकारले फागुन महिनाभर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम

लुम्बिनी प्रदेश सरकार विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका

‘वर्तमान सरकार ढालेर माओवादी सरकारमा जान लालायित छैन’

सिरहा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष