११ भदौ २०८३, बिहिबार | August 27, 2026

९ जना संचालक मण्डल निर्वाचित गर्दै वैकुण्ठधाम सिधनियाघाटको साधारणसभा सम्पन्न



नेपालगन्ज । ९ सदस्सीय कार्यसमिति निर्वाचित गर्दै वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । डा. सुरेस कुमार कनोडियासहित ९ जना संचालक मण्डल निर्वाचित गर्दै राप्ती नदी तटमा आधुनिक दाहसंस्कारस्थल (वैकुण्ठधाम) बनाउन गठन गरिएको वैकुण्ठधाम सिधनियाघाट संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाको सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीले उद्घाटन गरेका थिए । साधारणसभाले डा कानोडिया सहित डा. बद्री चापागाईँ, डा. केदार अग्रवाल, कमल कार्की, शशी स्वाँर, कृष्णप्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्र सदस्य रहेको संचालक मण्डल चयन गरेको हो । यही समितिले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष चयन गर्ने बिधानमा ब्यवस्था रहेको नव निर्वाचित सदस्य श्रीराम सिग्देलले बताए । संस्थामा डा. कानोडियालाई नै अध्यक्ष बनाइने निश्चित प्राय रहेको बताइएको छ ।

साभारण सभाले सचिव विकास आचार्य र कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठद्वारा प्रस्तुत प्रगति र आथिृक प्रतिवेदनलाई पारित गरेको छ । साधारण सभामा यज्ञान्त स्मारिका विमोचन गरिएको थियो । यज्ञान्तको सम्पादकमा झलक गैरे, सहसम्पादकमा कुमार श्रेष्ठ र भाषा सम्पादकमा डा. हरि तिमिल्सेना रहेका थिए ।

सिधनियाघाटमा आधुनिक दाहसंस्कारस्थल बनाउनुका साथै १३ दिने कर्मकाण्ड गर्न मिल्ने संरचना गराउने संस्थाको उद्देश्य रहेको छ । संस्थाले भविश्यमा विद्युतिय दाहसंस्कार स्थल बनाउने समेत संकल्प गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ३६ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट