१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

ईयूको ‘एक दिने राजदुत’ बनेकी रञ्जिताले भनिन, ‘लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्वपूर्ण’



काठमाडौं । नेपालका लागि युरोपियन युनियनको प्रतिनिधिमण्डलका राजदूतको रुपमा एक दिनका लागि पदभार ग्रहण गरेकी रंजिताले लैङ्गिक समानता र सामाजिक परिवर्तनका लागि शिक्षा महत्वपूर्ण भएको बताउँदै बालबालिकाका लागि शिक्षामा लगानी गर्नुपर्ने बताएकी छिन ।

उनले शुक्रवार इयूको राजदुतको पदभार ग्रहण गर्दै क्रिएसन नेपालको कार्यालय भ्रमण अवलोकन गर्ने क्रममा यस्तो बताइन । उनले संकटमा परेका बालिकाको सुरक्षाका लागि एकजुट हुन सबैलाई आग्रह समेत गरिन ।

उनले भ्रमणको क्रममा इयुको सहयोगमा क्रिएसनद्धारा सञ्चालित परियोजनाहरुमा युवा संलग्ता, चक्रीय अर्थतन्त्र, युवा उद्यमशिलता, जलवायु तथा पर्यावरण संरक्षणमा विद्यार्थीको संलग्ता लगायतका विभिन्न गतिविधिहरुको बारेमा जानकारी लिदैं अन्तरसम्वाद गरिन । उनले यस्तो अवसर जुटाई दिने प्लान इन्टरनेशनललाई धन्यवाद दिदैं क्रिएसनको नेतृत्व तहमा महिलाहरुको बाहुल्यताले निकै खुशी लागेको बताइन । सो अवसरमा उनले गल्र्स टेकओभरका लागि तयार पारिएको घोषणा पत्र क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रलाई हस्तान्तरण गरेकी थिइन ।

नेपालका लागि युरोपियन युनियनको प्रतिमण्डलका राजदूत महामहिम भेरोनिक लोरेन्जोले समाजले युवाहरुलाई के दियो भन्दा पनि पनि युवाहरुले देश र समाजका लागि योगदान दिनु पर्नेमा जोड दिइन । उनले सामुहिक र सहकार्यको माध्यमबाट महिलाहरुलाई निर्णायक नेतृत्व तहमा पुर्याउनु पर्नेमा जोड दिइन ।
त्यस्तै क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले क्रिएसनमा ६० प्रतिशतभन्दा बढी महिलाहरुले नेतृत्व प्रदान गरी रहेको जिकिर गर्दै महिला र बालिकाको सबालमा आफुहरु निकै संवेदनशिल रहेको बताए । उनले युवाहरुसँग सहकार्य गर्न क्रिएसनले सधैं ढोका खुला राखेको बताए ।

हाल कक्षा १२ मा अध्ययनरत सिन्धुलीकी १६ बर्षिया रञ्जिता बालविवाहविरोधी अगुवा हुन । उनी बालविवाहको नकारात्मक प्रभावबारे अग्रजहरूसँग अन्तरक्रिया गर्छिन, साथीहरूलाई सल्लाह दिन्छिन, सडक नाटक गर्छिन र बालविवाह, रजस्वला स्वास्थ्य र किशोरीहरूलाई असर गर्ने मुद्दाहरूको बारेमा जागरूकता बढाउन र्यालीहरुमा सहभागि हुन्छिन ।

प्लान इन्टरनेशनलले प्रत्येक बर्ष अन्तराष्ट्रिय बालिका दिवसको दिन नेपालभरका सयौं किशोरीहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै निर्णायक तहमा पुग्ने र राजनीतिक नेतृत्वलाई उनीहरुको आवाज र दृष्टिकोण सुन्न प्रोत्साहित गर्ने उदेश्यले गल्र्स टेक ओभर गर्ने गर्दछ । यस बर्ष ५ जिल्लाबाट छनौट भएका २५ जना १६ बर्ष मुनिका बालिकाहरु यस अन्तर्गत छनौट भएर विभिन्न शक्तिशाली तहमा एक दिनको लागि टेकओभर लिनेछिन ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ३ : २९ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट