२२ चैत्र २०८२, आइतबार | April 6, 2026

दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन



दाङ । दाङको शान्तिनगर गाउँपालिका-५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।

उनी भन्छन, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।”

त्यस्तै, दङ्गीशरण गाउँपालिका-७ की ६५ वर्षीया माइली थरुनी पनि उक्त शिविरमा उपचारका लागि आइन । मिर्गौलाको समस्याबाट समेत पीडित उनी स्वास्थ्य शिविरमा सहभागी भइन । गाउँमै निःशुल्क स्वास्थ शिविरबाट चिकित्सकले चेकजाँच, उचित सल्लाहसुझाव र औषधि पाउँदा खुसीको अनुभूति भएको उनले सुनाइन ।

त्यस्तै, स्थानीय शोभा नेपालीले शिविरमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा धेरै राहतको अनुभूति भएको बताइन । विपन्न परिवारका नागरिलाई लक्षित गरी नेपाली सेना र शान्तिनगर गाउँपालिकाले घरआँगनमा नै स्वास्थ्य शिविर सञ्चालन गरेको हो । नेपाली तल्लो पेट तथा ढाड दुख्ने समस्याबाट पीडित थिइन ।

आर्थिक अभावका कारण आफू बजारका ठूला अस्पतालमा उपचार गर्न जान नसकेको नेपालीले दुखेसो पोखिन । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरको समन्वय तथा रणसिंहदल गण घोराही दाङ र शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजना एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती आँखा अस्पताललगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा शान्तिनगर गाउँपालिका-५ बैसामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सयौँ सर्वसाधारणले आफ्नो स्वास्थ्य परीक्षण का गराएका छन् ।

१९ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका दुरदराजका नागरिकहरुलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले नेपाली सेनाले जनताको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाको सहकार्यमा विशेषज्ञसहितको सेवा प्रदान गरिएको बताए ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यलाई दृष्टिगत गरी नेपाली सेनाको सहकार्यमा शिविर आयोजना गरिएको बताए । स्थानीय स्तरमा विभिन्न रोगको उपचार जनताले सजिलै नपाउँदा खेप्नु परेको समस्यालाई दृष्टिगत गर्दै विशेषज्ञ सेवासहितको निःशुल्क शिविर आयोजना गरिएको उनको भनाइ थियो । शिविरमा दुई जटिल अवस्थाका बिरामीको आइतबार राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने बताए ।

शिविरमा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । “गम्भीर बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइने छ”, अध्यक्ष बस्नेतले भने । शिविरमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नीलगायत विशेषज्ञसहितको सेवा प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ०६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको