१४ भदौ २०८३, आइतबार | August 31, 2026

म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडोद्धारा लुम्बिनी भ्रमण



लुम्बिनी । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । म्यानमारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ बर्षिय शिखर धर्मगुरु फा–उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम प्राचिन कपिलबस्तु क्षेत्रको भ्रमण गरेका हुन् ।

कार्तिक १८ गते लुम्बिनी आइपुग्नुभएका धर्मगुरुले मायादेवि मन्दिरको दर्शनसँगै ध्यान र पूजा समेत गरेका थिए ।

यसैगरी लुम्बिनी गुरुयोजना क्षेत्रभित्र र्धगुरुले सालबृक्ष बृक्षारोपण गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रसँगै धर्मगुरु फा–उकले प्राचिन कपिलबस्तु स्थित बुद्धले ज्ञानप्राप्तीपछि प्रथम पटक पिता शुद्धोदनलाई भेट गरेको कुदान निग्रोधाराम, कक्रुछन्द बुद्धको जन्मस्थल गोटिहवा, कनमुनि बुद्धको जन्मस्थल निग्लिहवाको भ्रमण गरेको भ्रमणटोलीका तारा राईले जानकारी दिए ।

यसैगरी धर्मगुरुले बुद्धले ५ सय जना अरहन्त र असंख्या देवताहरुलाई महासम्मयसुत्त उपदेश दिएको महावन जंगलको समेत भ्रमण गरी बाणगंगा नदीको किनारमा पुगेर ध्यान गरेका थिए ।

धर्मगुरुलाई लुम्बिनी र कपिलबस्तु क्षेत्रमा लुम्बिनी विकास कोषका लेखा अधिकृत भिम बस्नेत र सूचना शाखाका विकास लामाले जानकारी दिनुका साथै सहजीकरण गर्नुभएको थियो । धर्मगुरुलाइ लुम्बिनी बौद्ध विश्वविद्यालयले समेत स्वागत गरेको थियो ।

६ दिनको भ्रमण सकाएर धर्मगुरु सहितको टोली शुक्रबार दोलखा फर्किएक छ । त्यहाँ धर्मगुरु फा–उककै नेतृत्वमा धम्मदायाद ध्यान केन्द्र निर्माण गरिएको छ

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  १० : ४९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति