३ पुस २०८२, बिहिबार | December 19, 2025

रुपन्देही व्यापार संघको आयोजनामा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च रुपन्देहीलाई



बुटवल । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेशका अवसरमाआयोजना गरेको संघसंस्था बीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले हात पारेको छ । विजेता मञ्चले नगद २५ हजारसहित शिल्ड प्राप्त गर्ने छ भने उपविजेताले नगद १५ हजार सहित शिल्ड प्राप्त गर्ने छ ।

संघले आफनो रजत महोत्वसको अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित प्रतियोगितामा बुटवल अटो इन्जिनियरिङ एसोसिएसनलाई फाइनलमा ४-१ गोल अन्तरले पराजित गर्दै नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही विजेता हुन सफल भएको हो । फाइनलमा खेलकुद पत्रकार मञ्चले पहिलो हाफमा २ गोल गरेको थियो भने थप २ गोल दोस्रो हाफमा गरेको हो ।

विजेता बनेको खेलकुद पत्रकार मञ्चले फाइनल पुग्नु अगाडी भएका खेलमा रुपन्देही उद्योग संघलाई ६-१ तथा पश्चिम नेपाल बस व्यवसायी प्रा लिलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा विभिन्न १० वटा संघसंस्थाको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले गरेका थिए । उद्घाटनसत्रको अध्यक्षता संघका अध्यक्ष दिपक प्रसाद अधिकारी, सञ्चालन महासचिव फर्सुराम पन्थ तथा स्वागत कार्यक्रम संयोजक प्रेमनाथ पाण्डेले गरेका थिए ।

संघले रजत महोत्सव अन्तर कार्तिक २२ गतेबाट सुरु गरेको साताव्यापी कार्यक्रम अन्तरगत २५ गते आईतबार संघमा गठित वस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता, २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

कार्तिक २७ गते प्रभातफेरी कार्यक्रम गरिने छ भने सोहीदिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिदैछ भने रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार आयोजना गरिने अध्यक्ष दिपकप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : २७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको