९ माघ २०८२, शुक्रबार | January 23, 2026

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा, कतै-कतै हिमपात



काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : २१ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण