६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयविच पारस्परिक सम्बन्ध विस्तार गरिँदै



दाङ । लुम्बिनी प्राविधक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछी पारस्परिक सम्वन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहेका मुख्यमन्त्री आचार्यसंग मंगलबार विश्व वौद्ध संस्कृती आदान प्रदान यूनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्व विद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले सिस्टाचार भेट गरेका छन् ।

भेटका क्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयबीच पारस्परिक सम्वन्ध तथा सहयोग आदानप्रदान बारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । ‘प्रदेशको विकास संग दक्ष प्राविधिक जनशक्ति उत्पादन देखी समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो’, भुसालले भने, ‘आगामी दिनहरुमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरु भएका छन् ।’

भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसिशयाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो । भेटपछी मुख्यमन्त्री आचार्यले प्रदेशको तर्फबाट मायाँको चिनो स्वरुप ढाका टोपी र पानस प्रदान गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : २७ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा