३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता प्रचण्डको बधाई



काठमाडौं । पहिलो पटक विश्वकपमा छनोट भएको यु–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज छुट्टाछुट्टै सन्देश मार्फत क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत भनेका छन्, “महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।”

आज संयुक्त अरब इमिरेट्स (युएई) को अजमानमा भएको खेलमा आयोजक युएईमाथि आठ विकेटको ऐतिहासिक जीत निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो । नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो । त्यस्तै युएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भयो । यु–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

विश्वकपका साथै नेपाल यु–१९ एसिया कपका लागि पनि छनोट भएको छ । आगामी डिसेम्बरमा हुने यु–१९ महिला एसिया कपका लागिसमेत नेपाल छनोट भएको हो । यु–१९ एसिया कप क्रिकेटमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा नेपालसँगै पाकिस्तान, भारत श्रीलङ्का, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन् ।

महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : प्रचण्ड
त्यसैगरि प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पछिल्लो समय महिला खेलाडीले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गरेका छन् ।

आज साँझ युएईलाई पराजित गर्दै आइसिसी महिला यु–१९ टी–२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ । पहिलोपटक आइसिसी यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर देशको गौरव बढाएको छ ।”

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ९ : ५३ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा