१५ बैशाख २०८३, मंगलबार | April 29, 2026

कांग्रेस उपसभापति गुरुङसँग सहकारी रकम अपचलनका विषयमा सोधपुछ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ ।

लाजिमपाटस्थित सिआइबीको कार्यालयमा आज उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

बयान लिएपछि उनीसँग घटना विवरण कागजसमेत गराइएको सिआइबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि सिआइबीले अनुसन्धान गरिरहेको छ । सोहीक्रममा उपसभापति गुरुङसँग आज सोधपुछ गरिएको हो ।

बयानका क्रममा उपसभापति गुरुङले मितेरी बचतबाट छोरा विदेश पठाउने बेलामा १२ लाख रुपैयाँ ऋण लिएको स्वीकारेका छन् । बषनमा उनले साधारण सदस्यको रूपमा ऋण लिएको सकारे । तर, डिभोर्सका बेला घर धितो राखेर लिएको ऋण तिर्ने र अरू दाबी नगर्ने सर्तमा पत्नीसँग छुट्टिएको उनले बताएका छन् । उनले डिभोर्सका बेला आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ तिरेको उल्लेख गर्दै त्यसबाहेक सहकारीबाट ल्याएर अपचलन गरेको नगरेको बताएका छन् ।

सहकारीले आफ्नो घर लिलाम गरेको उनले बताएउँदै उनले अनुसन्धानलाई सहयोग गर्न आफू तयार रहेको बताएका छन् । ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : २४ बजे

नुवाकोटबाट बुटवल झर्दे गरेको स्कुटर दुर्घटना, २ जना किशोरीको मृत्यु

बुटवल । पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको स्कुटर दुर्घटना हुँदा

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका