२५ श्रावण २०८३, सोमबार | August 10, 2026

आज तेस्रो दिनपनि रवि लामिछानेसँग बयान लिनेक्रम जारी

अधिकारीहरुको प्रश्नमा रविको जवाफ : 'थाहा छैन', 'जानकारी भएन', 'थाहा भएन' !



भैरहवा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । आजपनि प्रहरीको बाक्लो घेराका बीच बिहान रविलाई सरकारी वकिल कर्यालय लगिएको हो ।

मंगलबारबाट सुरु भएको रविको बयान आज तेस्रो दिन पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेसँगको बयानलाई जारी राखिएको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो । रविलाई प्रहरीले आज बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यलय पुर्याएको छ ।

भैरहवामा जारी बयानमा लामिछानेले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै ‘थाहा छैन’, ‘जानकारी भएन’, ‘थाहा भएन’ जस्तो जवाफ दिएको स्रोतको दाबी छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : १४ बजे

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, पत्रकारिताको मर्यादा कायम राख्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारणसभा सोमबार बुटवलमा

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको