२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज तेस्रो दिनपनि रवि लामिछानेसँग बयान लिनेक्रम जारी

अधिकारीहरुको प्रश्नमा रविको जवाफ : 'थाहा छैन', 'जानकारी भएन', 'थाहा भएन' !



भैरहवा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिनको बयानका लागि भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । आजपनि प्रहरीको बाक्लो घेराका बीच बिहान रविलाई सरकारी वकिल कर्यालय लगिएको हो ।

मंगलबारबाट सुरु भएको रविको बयान आज तेस्रो दिन पनि जारी रहने जिल्ला सरकारी वकिलको कार्यलयले जनाएको छ । मंगलबार र बुधबार बयान नसकिएपछि लामिछानेसँगको बयानलाई जारी राखिएको हो ।

बुटवलमा रहेको सुप्रिम सहकारी संस्थामा बचतकर्ताको रकम ठगी प्रकरण लागि कास्कीबाट लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो । रविलाई प्रहरीले आज बिहान १० बजेर २६ मिनेट जाँदा सरकारी वकिलको कार्यलय पुर्याएको छ ।

भैरहवामा जारी बयानमा लामिछानेले आफुमाथि लागेको आरोप अस्वीकार गर्दै ‘थाहा छैन’, ‘जानकारी भएन’, ‘थाहा भएन’ जस्तो जवाफ दिएको स्रोतको दाबी छ ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : १४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष