७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पछिल्लो समय कम्युनिष्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिष्ट आन्दोलनमा विचलन आएको बताए । उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिष्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।

अहिले पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति निष्ठावान सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गरी देशमा विकास गर्न विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्ने उल्लेख गरे । नेपाली विशेषता बोकेको समाजवादलाई कार्यान्वयन गर्न राष्ट्रिय पुँजीको सञ्चय गरी मुलुकमा औद्योगीकरणको वातावारण बनाउँदै रोजगारी र उत्पादन वृद्धिमा सबैले सहकार्य गर्नुपर्ने उनले बताए ।

अध्यक्ष नेपालले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै देशको मौलिक सभ्यता र संस्कृति सम्पन्न बनाउन नेपाल संवत्को महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ छ । उनले हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । सो अवसरमा अध्यक्ष नेपालले नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) द्वारा प्रकाशित विभिन्न प्रकाशनको विमोचन गरेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १० : ४३ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै