४ चैत्र २०८२, बुधबार | March 18, 2026

कार्तिक शुक्ल पूर्णिमा : चर्तुमास व्रत विधिवत् समापन



काठमाडौं । आषाढ शुक्ल एकादशीदेखि विधिवत् सुरु भएको चतुर्मास व्रत आजदेखि समापन भएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घर घरमा विशेष रूपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवं कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दूधर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् ।

यस अवधिमा कुनै कामनाले गरिने कर्ममात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नु हुन्छ कि हुन्न भनी दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन् । तिथिअनुसार प्रत्येक वर्ष चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवं वृहस्पति अस्तले फरक नपर्ने उनले सुनाए । पु्राण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवं वृहस्पति अस्तका बेला गर्न नहुने शास्त्रीय वचन रहेको गौतमले सुनाए ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन । त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : १२ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको