२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

विवाह पञ्चमीको निम्तो दिन मधेसका मुख्यमन्त्री जम्बो टोलीसहित अयोध्या प्रस्थान



जनकपुरधाम । यही मङ्सिर २१ आयोजना हुने जानकी विवाह महोत्सवका सन्दर्भमा मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह नेतृत्वको दुई सय ५१ सदस्य प्रतिनिधिमण्डल उत्तरप्रदेशको अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुरका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।

प्रतिनिधिमण्डल आइतबार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताए। सोमबार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ ।

परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ३ : ४८ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि