२५ भदौ २०८३, बिहिबार | September 10, 2026

विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी



नेपालगन्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा जोड दिन तयार रहेको उनले उल्लेख गरे ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे । उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवर्द्र्धनमा सरकार गम्भीर भएको बताए । सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्र्धधनमा केन्द्रित रहेर काम गरिरहेको मन्त्री भण्डारीले बताए ।

बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको उनको भनाइ थियो । उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताए ।

नौवस्ता औद्योगिक क्षेत्र विकास लिमिटेडका नाममा रहेको जग्गाको केही भागमा अव्यवस्थित रुपमा बस्दै आएका बसोबासीकै कारण लामो समयदेखि विवाद हुँदै आएको उक्त क्षेत्रमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका बसोबासीहरुलाई व्यवस्थित गर्न स्थानीय सरकार र प्रदेशका सांसदहरुको सहयोगमा मन्त्रालयमा छलफल गरेर विवादित क्षेत्रलाई छाडेर अन्यत्र व्यवस्थापन गर्ने विषयमा सहमति भएको मन्त्री भण्डारीले जानकारी दिए ।

बिधानतः प्रत्यक वर्ष गर्नुपर्ने वार्षिक साधारणसभालाई संघको नेतृत्वले अघिल्लो वर्ष गर्न नसकेपछि गाभेर २ वर्षको एकैपटक गरेको थियो । ४ हजार बढी सदस्य रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको २ वर्षको साधारणसभामा अत्यन्त न्युन संख्यामा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ०१ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ