२ चैत्र २०८२, सोमबार | March 17, 2026

कालिकाद्धारा छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी सम्मान



बुटवल । बुटवल उपमहानगर पालिका वडा नम्बर १० मा अवस्थित कालिका मानवज्ञान माविले विद्यालयमा अध्ययन पुरा गरी नेपालसरकारले लिएको विभिन्न क्षेत्रको प्रवेश परिक्षमामा छात्रवृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । आईतबार सेक्टर १ कालिकानगरमा एक विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको हो ।

विद्यालयबाट विभिन्न क्षेत्रको प्रवेश परिक्षामा सहभागीभई ६४ जना विद्यार्थीले स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् ।

जसमध्ये एमबिबिएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रावृत्तिमा नाम निकालेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिष्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबिबिएसतर्फ धेरै जनाले नाम निकाल्ले कालिका पहिलो स्कूल भएको दावी गरे । यस्ता विभिन्न उपलब्धी हरेक वर्ष हाँसिल गर्दै आएको बताए ।

उनले विद्यार्थीहरुको कडा मिहिनेत साथै विद्यालयको उत्कृष्ठ शैक्षिक वातावरणले गर्दा नतिजा राम्रो आएको बताउँदै अहिलेको मिहिनेतलाई थप परिस्कृत बनाउँदै जान विद्यार्थीहरुलाई शैक्षिक समुज्जल भविश्यको कामना समेत व्यक्त गरे । विद्यालयबाट कक्षा १२ उत्र्तीर्ण भएका विद्यार्थीहरु मध्ये १५ जनाले एमबीबीएसको परिक्षामा पुर्ण निःशुल्क छात्रवृत्तीमा नाम निकाल्न सफल भएका हुन । जुन सामुदायीय विद्यालय तर्फ नेपालमै पहिलो हो । यस्तै विडीएस तर्फ ५ जना, अप्टोमेट्रो तर्फ २ जना, बीएमएलटी तर्फ २ जना, बी फार्म तर्फ ५ जना, बीएस्सी नर्सीङ्गमा १३ जना, बीएस्सी भेटेरिनरीमा २ जना, बीएस्सी एजीमा २ जना, बीपीएच तर्फ ३ जना र ईन्जिनिरिरिङ्गतर्फ ११ जनाले नामा निकाल्न सफल भएका हुन ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा पनि अहिलेको जस्तै कालिकाको नाम उच्च राख्नको लागि आग्रह गरेका थिए । शिक्षाको लागि दरिलो जग भनेको नै विद्यालय तह भएको भन्दै उनले आफ्नो लक्ष्य निर्धारणको लागि विद्यार्थीहरुले कडा भन्दा कडा मिहिनेत गर्न आग्रह समेत गरेका थिए ।

अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधै निरान्तरको आवश्यक रहेको बताए ।

कालिकामा ८ हजार विद्यार्थी अध्ययनर छन् । कालिकाले एसईई परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएका छन् । वडा नम्बर १० का वडा सदस्य यमुना काउचाले विद्यालयका गरेको हरेक सफलताको प्रचार-प्रचार आवश्कता रहेकोमा जोड दिइन । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ३९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित