२९ मंसिर २०८२, सोमबार | December 15, 2025

व्यापारीको भन्दा खाद्य कम्पनी लिमिटेडको मूल्य बढी, किसानको आकर्षण खाद्य तर्फ



नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जले यस वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्यका साथ किसानको धान खरिद गर्न सुरु गरेको छ । यसवर्ष खाद्यले मध्यम धान तीन हजार पाँच सय ८० रुपैया ६२ पैसा र मोटा धान तीन हजार चार सय १० रुपैया ५१ पैसामा खरिद गर्ने घोषणा गरेपछि किसानहरु ब्यवसायीको गल्ला मण्डी छाडेर खाद्य संस्थानको खरिदकेन्द्रमा आकर्षित भएका छन् । यसवर्ष व्यापारीले तीन हजार दुई सय रुपैयामा धान खरिद गरिरहेका छन् । व्यापारीले भन्दा तीन सय ८० रुपैया बढी मूल्य पाएपछि किसान खाद्यमा धान बेच्न आकर्षित भएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगन्जका प्रमुख रामशरण लामिछानेका अनुसार यसपाली ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखिएको छ । गतवर्ष धेरै लक्ष्य राख्दा र कम खरिद हुँदा खाद्यले यसपाली लक्ष्य नै घटाएको हो ।

स्थानीय वडा कार्यालयको सिफारिसमा खाद्यले धान खरिद गरिरहेको प्रमुख लामिछानेले बताए । बाँकेमा खाद्य संस्थानको मात्र ३५ हजार क्वीन्टल धान राख्न सकिने गोदाम रहेको छ । बाँके लगायतको जिल्लाबाट खाद्यले खरिद गरेको धान यहीँ कुटाएर पहाडी जिल्लामा चामल पठाउने गर्दछ ।

बाँकेमा यो वर्ष एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाँकेले प्रक्षपण गरेको छ । ज्ञमा केन्द्रले प्रक्षपण गरेको ४० हजार क्वीन्टलमात्रै धान खाद्यले खरिद गर्ने लक्ष्य राखेपछि बाँकी धान व्यवसायीलाई बेच्न किसान बाध्य हुनुपर्ने किसानहरुले बताएका छन् ।

खाद्यले कात्तिक २० गतेदेखि धान खरिद शुरु गरेको हो । अहिलेसम्मको अवस्था हेर्दा यसपाली लक्ष्य अनुसारको धान खरिद गर्न सकिने सम्भावना देखिएको प्रमुख लामिछानेले बताए । यद्देपी भारतीय पोलिसी हेरेर व्यवसायीले बिचमा धानको मूल्य बढाएमा भने किसानले धान व्यवसायीलाई दिन सक्ने सम्भावनालाई नकार्न नसकिने बाँके खजुराका किसान ठग्गु थारुले बताए ।

भारतले चामल निर्यातमा कडाई गर्दा नेपाली व्यवसायीले धानको बढी मूल्य दिने र भारतले निर्यातमा कडाई नगर्दा व्यवसायीले कम मूल्य दिने गरेको किसानहरुको भनाई छ । व्यापारीलाई आफूखुशी मूल्य तोक्न दिने सरकारी नीतिका कारण किसान मर्कामा पर्ने गरेको बाँकेका अर्का किसान भगवानदिन चौधरीले बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  १२ : ०९ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी