२ पुस २०८२, बुधबार | December 18, 2025

गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि क्षमता विकास तालिम



बर्दिया । बर्दियाको गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ६ दिने क्षमता विकास तालिम सञ्चालन भएको हो ।

तालिमको सुभारम्भ गर्दै बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको उद्देश्य र यसले बालबालिकाको समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराए ।

तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनु रहेको उनले बताए। गुलरिया, मधुबन, र बडैयाताल गाउँपालिकाका १५ विद्यालयबाट आएका २० जना शिक्षकहरूले तालिममा सहभागिता जनाएका छन्।

पहिलो दिनको तालिममा, प्रशिक्षक झल कुमारी कार्कीले बाल विकासको अवधारणा, यसको महत्व, र शैक्षिक सामग्री निर्माण सम्बन्धी विषयहरूमा प्रशिक्षण दिएकी थिइन्।

परियोजना अधिकृत इश्वर विकको कार्यक्रममा अनुगमन मूल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति पनि महत्त्वपूर्ण रह्यो।

यस तालिमले शिक्षकहरूको शैक्षिक दक्षता वृद्धि गर्दै स्थानीय विद्यालयहरूको शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ४४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल