२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् ।

प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको महासचिव पोखरेलले बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रेको प्रमाण भन्दै भिडियोमार्फत केही अपुष्ट कागजपत्र सार्वजनिक गरेका छन् । प्रसाईंको त्यो आरोपसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीमाथि लगाएको गम्भीर आरोपलाई एमाले महासचिव पोखरेलले कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष भनेका छन् ।

पोखरेलले भनेका छन् :

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ४४ बजे

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद