३ पुस २०८२, बिहिबार | December 18, 2025

रास्वपाले पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्कटको समयमा पार्टी एकता र आन्तरिक छलफललाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरेको छ ।

रास्वपाको केन्द्रीय कार्यालय चमतीमा आज साँझ आकस्मिक केन्द्रीय समितिको बैठक बसेको थियो । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा खास निष्कर्समा पुग्न नसकेको र बैठक पुनः भोलि दिउँसो ३ बजेका लागि निर्धारण गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बसेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ । त्यसैले विशेषत यसबेला भेटघाट बढाउनका लागि बैठक बसेका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।

बैठक यही मङ्सिर ८ गतेदेखि पार्टीको दोस्रो चरणको कार्यक्रमका विषयमा आन्दोलन मूल समितिले तयार गरेको ‘मोडालिटी’ प्रस्ताव प्रस्तुत गरेको थियो । उक्त विषयमा पार्टीका केन्द्रीय सदस्यहरूको बोल्ने पालो सकिएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १० : २४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका