३ पुस २०८२, बिहिबार | December 18, 2025

स्थानीय तह उपनिर्वाचन : रुकुम पूर्वको पुथाउत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध



काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनअन्तर्गत रुकुम पूर्वस्थित पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती (काजु) निर्विरोध विजयी भएका छन् ।

मंसिर १६ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका माओवादी उम्मेदवार घर्ती पुथाउत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा निर्विरोध विजयी भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए ।

घर्ती निर्विरोध वडाध्यक्षमा विजयी भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका छन् ।

“रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हाम्रो पार्टीका उम्मेदवार जगत घर्ती (काजु)लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु,” प्रचण्डले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  २ : ०७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका