११ माघ २०८२, आइतबार | January 26, 2026

मुक्तिनाथ लाइभस्टक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चितता सम्झौता



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पशु बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरू बिच खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरस्थित पशु बधशालामा आयोजित एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका उच्च अधिकारीहरूको रोहवरमा खसीबोका खरिद सुनिश्चितता सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी अनुगमन महाशाखा प्रमुख तथा सुचना अधिकारी तुल्सा अर्यालले उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय मासु खुवाउने उदेश्यले उपमहानगरसहित, प्रदेश सरकार, संघीय सरकारको लगानीमा बुटवलमा आधुनिक बधशाला निर्माण गरिएको भन्दै यसबाट बुटवलवासी मात्रै नभएर देशभरीका उपभोक्ता लाभान्वित हुने बताइन् ।

२०७० सालदेखि विभिन्न चरणमा छलफल तथा विधि र प्रक्रिया पुरा गरी बुटवलमा आधुनिक बधशाला निर्माण भएको भन्दै उनले स्वच्छ मासु उपभोग गर्न पाउने अधिकार प्रति उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिइन् ।

मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले अहिलेसम्म यस क्षेत्रका १० सहकारी संस्थाहरूसँग सम्झौता भैसकेको जनाउँदै केही सहकारीसँग सम्झौताको क्रममा रहेको बताए । बधशाला पुर्ण क्षमतामा सञ्चालन हुँदा वर्षििक दुई अर्ब रूपैयाँ शहरबाट ग्रामीण क्षेत्रमा गई ग्रामीण जनताको जिवनस्तर माथि उठ्ने उनको भनाइ थियो ।

त्यस अवसरमा सहकारी संस्थाका पदाधिकारी र मुक्तिनाथ लाइभस्टक बैंकका अधिकारीहरूबीच अन्तरक्रिया समेत भएको बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ५ : ५९ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन