२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मुक्तिनाथ लाइभस्टक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चितता सम्झौता



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पशु बधशाला सञ्चालनको जिम्मेवारी पाएको मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरू बिच खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका वडा नं १० रामनगरस्थित पशु बधशालामा आयोजित एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका उच्च अधिकारीहरूको रोहवरमा खसीबोका खरिद सुनिश्चितता सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी अनुगमन महाशाखा प्रमुख तथा सुचना अधिकारी तुल्सा अर्यालले उपभोक्ताहरूलाई स्वच्छ र गुणस्तरीय मासु खुवाउने उदेश्यले उपमहानगरसहित, प्रदेश सरकार, संघीय सरकारको लगानीमा बुटवलमा आधुनिक बधशाला निर्माण गरिएको भन्दै यसबाट बुटवलवासी मात्रै नभएर देशभरीका उपभोक्ता लाभान्वित हुने बताइन् ।

२०७० सालदेखि विभिन्न चरणमा छलफल तथा विधि र प्रक्रिया पुरा गरी बुटवलमा आधुनिक बधशाला निर्माण भएको भन्दै उनले स्वच्छ मासु उपभोग गर्न पाउने अधिकार प्रति उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोड दिइन् ।

मुक्तिनाथ लाइभस्टक बैंकका अध्यक्ष उमेश कुमार आचार्यले अहिलेसम्म यस क्षेत्रका १० सहकारी संस्थाहरूसँग सम्झौता भैसकेको जनाउँदै केही सहकारीसँग सम्झौताको क्रममा रहेको बताए । बधशाला पुर्ण क्षमतामा सञ्चालन हुँदा वर्षििक दुई अर्ब रूपैयाँ शहरबाट ग्रामीण क्षेत्रमा गई ग्रामीण जनताको जिवनस्तर माथि उठ्ने उनको भनाइ थियो ।

त्यस अवसरमा सहकारी संस्थाका पदाधिकारी र मुक्तिनाथ लाइभस्टक बैंकका अधिकारीहरूबीच अन्तरक्रिया समेत भएको बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ५ : ५९ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज