२६ पुस २०८२, शनिबार | January 11, 2026

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप



पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ । भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछाने माथि छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : ५० बजे

कांग्रेस विशेष महाधिवेशनले एकताको सन्देश दिनुपर्नेमा कांग्रेस निकट पत्रकारहरूको जोड

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा आबद्ध

भोलिदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तानसेन । यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

पार्टी नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम नै