२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

स्वास्थ्यमन्त्रीले पठाएनन् रेडियोलोजिष्ट र अंको फिजिसियन



खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मसिन जडान गरि सञ्चालनमा ल्याइएको छ । आइतबारबाट १२८ स्लाईसको सिटी स्क्यान मसिन सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

गत वर्षको फागुनमा आगलागी भएर बिद्युतिय लाईन अवरुद्ध भएका कारण अवरुद्ध भएको सिटी स्क्यानको सेवा संचालनमा आउन नसकिरहेका बेला नयाँ सिटी स्क्यान मसिन खरिद गरेर सेवा सुचारु गराइएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए । सामान्य बिद्युतिय वायरिङमा आगलागीले क्षति पुगेको बताइएपनि आगलागी भएको ८ महिना सम्म मसिन संचालनमा आउन सकेको थिएन ।

यद्देपी सो मसिनपनि संचालनमा आइसकेको निर्देशक साहले दाबी गरे । बिगत ८ महिना देखि क्यान्सरको निदानका लागि लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आएका बिरामीलाई अस्पतालले नेपालगन्ज सिटीका लागि पठाउँदै आएको थियो । अस्पताल बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको साहले बताए ।

सिटी संचालनमा आउन नसकेसँगै बहुप्रतिक्षीत क्यान्सर उपचारको मुख्य प्रबिधि लिन्याक मेसिन जडान भएरपनि सञ्चालनमा आएको थिएन । अहिले सिटी सञ्चालनमा आउँदा तयारी अवस्थामा रहेको लिन्याक मसिन भने जनशक्तिका कारण सञ्चालन गर्न नसकिएको निर्देशक साहले बताए । ‘सिटी स्क्यान सञ्चालनमा आएपछि लिन्याक मसिनबाट क्यान्सरको उपचार गर्न सकिन्छ, तर अस्पतालसँग लिन्याक चलाउने रेडियो थेरापी टेक्निशियन छैन ।’ उनले भने ।

नारायणी पश्चिमको एकमात्र क्यान्सर अस्पताललाई लुम्बिनी प्रदेशको क्यान्सर उपचारको मुख्य अस्पतालकारुपमा संघीय सरकारले तोकेपनि शुन्य दरबन्दीमा अस्पताल चलाउँदा अस्पतालको सेवामा समस्या देखिँदै आएको छ ।

धार्मिक अनुष्ठानबाट स्थानीयको मुट्ठीदान गरेर निर्माण गरिएको क्यान्सर अस्पताल २०७२ मा संघ सरकारलाई हस्तान्तरण गरिएको थियो । संघ सरकारले पूर्ण स्वामित्व लिएर सञ्चालन गरेपनि बिगत ९ वर्ष देखि अस्पतालका लागि न कुनै दरबन्दी स्वीकृत भएको छ न अस्पताललाई निजामती कितावखानामा सूचीकृत गरिएको छ । करार, अस्थायी र ज्यालादारी कर्मचारी र स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको निर्देशक साहले बताए ।

२ महिना अघि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अस्पतालको अवलोकन गर्दा १ महिना भित्र अंको फिजिसियन र रेडियोलाजिस्ट पठाउनुका साथै आवश्यक दरबन्दी स्वीकृत गर्ने आश्वासन दिएपनि हालसम्म कार्यान्वयन नभएको अस्पताल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ६ : ३३ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ