११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै



बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो ।

मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ ।

टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासंग सम्बन्धित विषयमा टिकटक बनाउनुपर्ने छ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारी मुलक हुनुपर्नेछ ।

टिकटक बनाउँदा एकल, समुह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्ने छ । तर कानुनले निशेध गरेका कुराहरुलाई टिकटकको कन्टेन्ट बनाउन पाईने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराईने पनि उनले जानकारी गराए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैंया, द्वितीय हुनेलाई १० हजार रुपैंया र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने संघकी कार्यसमिति सदस्य तथा श्रब्यदृश्य व्यवस्थापन एवं प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराए ।

प्रतियोगितामा टिकटकमा लाईक, कमेन्ट, शेयर तथा भ्यूजको आधारमा विजेता छनौट गरिने छ । त्यसको लागि तीन सदस्यीय मुल्यांकन समिति गठन गरिएको पनि प्रचारप्रसार समन्वयकर्ता पोखरेलले जानकारी गराए ।

बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला गरिँदै छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : ०९ बजे

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील