१८ चैत्र २०८२, बुधबार | April 1, 2026

रवि लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइयो



काठमाडौं । सहकारीको रकम अपचलन सहितको ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप बयानका लागि पोखराबाट काठमाडौंका ल्याइएको छ । उनलाई आज अपरान्हको बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो ।

उनलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलन आरोपमा दर्ता भएको मुद्दाको अनुसनधानका क्रममा रुपन्देही लगेर बयान लिइएको थियो । पछिल्लो पटक उनलाई १५ दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ५ : ४८ बजे

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नेतृत्वमा पंकज राईको उम्मेदवारी घोषणा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति (ट्रक) को नेतृत्वका लागि

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले