२९ मंसिर २०८२, सोमबार | December 16, 2025

मनोचिकित्सक सङ्घको राष्ट्रिय सम्मेलन नेपालगन्जमा



नेपालगन्ज । नेपाल मनोचिकित्सक सङ्घको दुई दिने १०औँ राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले उद्घाटन गरे ।

सचिव पोखरेलले मानसिक स्वास्थ्यलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको उल्लेख गर्दै सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर छट्टै विभाग बनाएको बताए । मानसिक स्वास्थ्यको क्षेत्रमा गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समन्वयात्मक ढङ्गले काम गर्न जरुरी भएको भन्दै उनले पुनःस्थापना गृहलाई सुधार गर्न आवश्यक भएको बताए ।

नेपाल मनोचिकित्सक सङ्घका अध्यक्ष डा राजीव शाक्यले लागुपदार्थलाई कानुनले प्रतिबन्ध लगाएपछि सेवनकर्ता यसबाट टाढा हुन्छ भन्ने पुरातन सोच भएको उल्लेख गर्दै यसमा वैज्ञानिक अवधारणा ल्याएर वैज्ञानिक उपचार पद्धति अवलम्बन गर्नुपर्ने बताए । लागुपदार्थ सेवनबाट मानसिक स्वास्थ्यमा पर्ने असर तथा यसको उपचारका विभिन्न विधाबारे जानकारी दिन सम्मेलनबाट सहयोग पुग्ने अध्यक्ष शाक्यको भनाइ थियो ।

मानसिक स्वास्थ्य अस्पताल ललितपुरका निर्देशक तथा मनोचिकित्सक डा अनन्त अधिकारीले मानसिक स्वास्थ्यको उपचारलाई उपचारको मूल प्रवाहमा ल्याउन सुझाव दिँदै मानसिक रोगका बिरामीलाई समाजले गर्ने विभेद अन्त्यमा जोड दिए । उनले लागुपदार्थ दुव्र्यसनलाई मानसिक स्वाथ्यको रुपमा हेर्ने तथा यसको वैज्ञानिक ज्ञान र अनुभव आदानप्रदान गरिने बताए ।

“मानसिक रोगका ८५ प्रतिशत पीडित उपचारबाट वञ्चित छन् समाजमा चेतनाको अभाव छ । समाजमा गलत अवधारणा विद्यमान छ”, उनले भने ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले मानसिक स्वास्थ्यको समस्या जटिल हुँदै गएको उल्लेख गर्दै प्रविधिको विकासले डिजिटल लत मानसिक स्वास्थ्यको चुनौतीको रुपमा अघि आएको बताए । नेपाल मनोचिकित्सक सङ्घको १०औँ राष्ट्रिय सम्मेलनका मूल समितिका महासचिव वरिष्ठ मनोचिकित्सक डा प्रभात सापकोटाले दुई दिने सम्मेलनमा ९३ कार्यपत्र प्रस्तुत हुने जानकारी दिँदै लागुऔषध सेवनलाई रोगको रुपमा बुझाउन नसकिएको बताए ।

मनोचिकित्सक डा तनवीर अहमत खानले लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएको उल्लेख गर्दै यसको सम्बन्ध मानसिक स्वास्थ्यमा कसरी परिरहेको छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताए । सीएमसी नेपालका सोधकर्ता हिमाल गैरेले सम्मेलनमा अनुभव प्राप्त चिकित्सकबाट गरिने प्रस्तुतीकरणले सरकार र यसमा काम गर्ने साझेदार संस्थालाई मार्ग प्रसस्त गर्ने बताए । सो अवसरमा लाइभ टाइम एचिभमेण्ट अवार्डबाट डा नवराज कोइरालालाई सम्मान गरिएको थियो । सम्मेलनमा देशभरबाट करिब दुई सय मनोचिकित्सक, अनुसन्धानकर्ता र भारतबाट २० मनोचिकित्सक सहभागी छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ८ : ४२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको