६ पुस २०८२, आइतबार | December 21, 2025

स्थानीय तह उपनिर्वाचन : गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरेका छन ।

मुसिकोट नगरपालिका-१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार तीन सय ३४ जनाले मतदान गरेका थिए । तीन मतदानस्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार नौ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा एक हजार दुई सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो । मुसिकोट-१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५२ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको