१० श्रावण २०८३, आइतबार | July 27, 2026

बुटवलको मुख्य मुख्य चोकमा १२५ ओटा सिसिटिभि क्यामेरा जडान (भिडियोसहित)



बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोकहरुमा सिसिटिभि क्यामेरा जडान गरेको छ । सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच सिसिटिभि क्यामेरामा कैद गरिएको दृश्य सार्वजनिक गरेर त्यसको शुभारम्भ गरे ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको सुरक्षा र दुर्घटना न्युनिकरणका लागि बुटवलको मुख्य राजमार्ग तथा मुख्य मुख्य बजारलाई लक्षित गरी सिसिटिभि क्यामेरा जडान गरिएको बताए ।

हाललाई बुटवलको वडा नं. ४, ५, ६ र वडा नं ९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गरिएको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताका आधारमा अन्य ठाउँमा पनि जडान गरिने बताए ।

सिसिटिभि क्यामेरा जडानपछि बुटवल बजार थप सुरक्षित हुनुका साथै दुर्घटना न्युनिकरणमा समेत महत्त्वपूर्ण भुमिका रहने भन्दै उनले यसले चोरी, डकैती, लुटपाट तथा अन्य अपराध अनुसन्धानमा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरस्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवललाई सफा, स्वच्छ, हरियाली,उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगरस्थित कालिका चोक, मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको भन्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्न सकिने बताए ।

उनले यसको समुचित उपयोगका लागि प्रहरी र ट्राफिक प्रहरीको सहकार्य जरुरी रहेकोमा जोड दिए । चालु आर्थिक वर्षको वार्षिक बजेटबाट करिब ५२ लाखको लागतमा सिसिटिभि क्यामेरा जडान गरिएको उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए ।

यसअघि उपमहानगरपालिकाले बुटवलको कालिकाचोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेको छ ।

भिडियोसहित

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : २१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले